टी-२० अलराउण्डर वरियतामा हार्दिक पाण्ड्या शिर्ष स्थानमा, दीपेन्द्र ऐरी सातौंमा
मेरोन्यूज
२०८१ असार १९ गते १५:३३

काठमाडौँ । भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर हार्दिक पाण्ड्या आइसीसीको टी-२० अलराउन्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् ।
आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा हार्दिक अलराउण्डरको वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएका छन् ।
त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा यस सूचीमा दोस्रो स्थानमा छन् भने अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौं स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौं स्थानमा पुगेका छन् । त्यस्तै अलराउन्डरको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी भने सातौं स्थानमा नै कायम रहेका छन् ।
सम्बन्धित













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया