इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

काठमाडाैँ । मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।
आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएकी र खोजी गर्ने क्रममा उनलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।
घटनाबारे गाउँ सचिव इयाङलेले भने, “उनका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पा, त्यसको केही समयपछि उनले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर देखेका र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिरेका थिए । पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन् ।”
गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्।
गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए ।
सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन्।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया