बुधबार, वैशाख ९, २०८३

बलात्कार आरोपमा इन्स्पेक्टर सिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मेरोन्यूज २०८१ असार १९ गते १९:१६

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

Advertisement
NiccNicc

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हाे ।

आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया