आइतबार, फागुन १०, २०८२

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

मेरोन्यूज २०८१ असार २० गते ८:५९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

 मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई  एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै पत्र काटेको अख्तियारले जनाएको छ ।

मेयर महर्जनलाई अघिल्लो कार्यकालमा २०७८ असार ३१ गतेको उजुरी अनुसन्धानको क्रममा  केही बुझ्नुपर्ने भन्दै अख्तियारले  पत्र  पठाएको हो ।

उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं.३मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।

बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो । आयोगकी आयुक्त अमात्यको घरमा महानगरले डोजर चलाए लगतै अख्तियारले मेयरलाई पत्र काटेको हो ।

प्रतिक्रिया