सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीबाट कैलाली सर्यो

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
उनले भने, “राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।” वर्षौं पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन् ।
नेपाली सेनाको पृतना मुख्यालय यस अघि नै कैलालीको तेघरीमा सरिसकेको छ । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीय स्तरका कार्यालय कैलाली नसार्ने नेताहरुले आश्वासन दिँदै आएका थिए ।
संघीयता कायम हुनु पहिले दिपायलमा रहेका क्षेत्रीय स्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् । खाली भएका भवनमा प्रदेश स्तरका कार्यालय राखिने बताइए पनि अहिलेसम्म कुनै कार्यालय स्थापना भएका छैनन् । (रासस)













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया