भ्रामक समाचारप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति
मेरोन्यूज
२०८१ असार २० गते १९:११

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको प्रधानमन्त्रीको पछिल्लो भेटलाई लिएर एक अनलाइनमा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को असार १८ गतेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुरुप राजीनामा नदिई संसद्मा प्रस्तुत हुनुपर्ने निर्णयबारे जानकारी दिएको सचिवालयले उक्त समाचारको खण्डन गर्दै स्पष्ट पारेको छ ।
उक्त भेटमा प्रधानमन्त्री दाहालले आफू संवैधानिक प्रक्रियाअनुरुप नै अगाडि बढ्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया