कस्तो रहला तपाईंकाे आजकाे दिन ? हेर्नुहोस् राशिफल

२१ असार २०८१, शुक्रवार
असार कृष्ण औंसी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।
शुभ रगं : सेतो
शुभ अंक : १
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता नै हुनेछ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ९
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
शुभ रगं : रातो
शुभ अंक : ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।
शुभ रगं : पहेलो
शुभ रगं : पहेलो
शुभ अंक : ८
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
शुभ रगं ; रातो
शुभ अंक : ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज मुद्दा मामिलामा सफलता पाइनेछ । जीवनसाथीसँग राम्रो आहार विहार रमाइलो समय बिताउनु हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ३
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
शुभ रगं : सेतो
शुभ अंक : ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
शुभ रगं : रातो
शुभ अंक : २
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।
शुभ अंक : ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शिक्षामा सफलता मिल्ला । धनमाल पनि हात लाग्न सक्नेछ ।
शुभ रगं : निलो
शुभ अंक ; ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।
शुभ रगं : कालो
शुभ अंक : १
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनमा विना कामका चिन्ताले सताउनेछन् । नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ, साँझमा भने कतैबाट शुभ समाचार सुन्नमा आउनेछ ।
शुभ रगं : चाॅदी
शुभ अंक : ४
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया