यूरिक एसिड कम गर्ने उपायहरु

यूरिक एसिड यस्तो तत्व हो जुन सबैको शरीरमा बन्छ । यो सन्तुलित मात्रामा उत्पादन भएमा मृगौलले शरीरलाई आवश्यक मात्रामा नियन्त्रण गर्छ । जरुरत भन्दा ज्यादा भयो भने मृगौलाले यसलाई शरीर बाहिर निकाल्दिन्छ । एक आम महिलामा यूरिक एसिडको मात्रा २.४ देखि ६.० एमजी / डिएल हुनुपर्छ ।
त्यस्तै पुरुषमा ३.४ देखि ७.० एमजी/डिएलसम्म हुनुपर्छ । युरिक एसिड ज्यादा हुँदा शरीरलाई खतरा हुन सक्छ । यूरिक एसिडलाई नियन्त्रण गर्न स्ट्रेस कम गर्ने, अल्कोहल सेवन नगर्ने र यूरिक एसिड बढाउन सक्ने खानालाई कम गर्नुपर्छ ।
चिनीको मात्रा कम गर्ने
डाइटमा चिनी र चिनीबाट बनेको परिकारको सेवन कम गर्नुहोस् । गुलियो ड्रिङक्स, सोडा र धेरै गुलियो फलफुलहरु कम खाने प्रयास गर्नुहोस् । गुलियोले यूरिक एसिड ज्यादा बन्न सक्छ ।
मासुका परिकार कम खानुहोस्
जसको शरीरमा यूरिक एसिड सजिलै बढिरहेको हुन्छ । उनीहरुले ननभेज मासुका परिकार कम खाने प्रयास गर्नुपर्छ । खास गरि आफ्नो भोजनमा सी फुड कम गर्नुपर्छ ।
अल्कोहल नखानुहोस् अल्कोहल जति धेरै सेवन गर्नुहुन्छ , त्यति नै शरीरलाई नोक्सान हुन्छ । अल्कोहलले शरीरलाई डिहाइड्रेड गर्छ । यसले मृगौलाको कार्यलाई असर पुर्याउँछ । जसले गर्दा मृगौलाले यूरिक एसिड फिल्टर गर्न सक्दैन् ।
स्ट्रेस कम गर्नुहोस् खाना सँगसँगै स्ट्रेसबाट पनि टाढा रहनु जरुरी छ । स्टे«सले पुरै शरीरको कार्यप्रणालीलाई असर गर्छ । जसको नराम्रो नतिजा स्वास्थमा देखिन्छन् ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया