असार २२ गते शनिबारको राशिफल। तपाईको दिन शुभ रहोस् ।

काठमाडौँ । आजमिति २०८१ साल असार २२ गते शनिबार तदअनुसार जुलाई ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल प्रतिपदा तिथी, पुनर्वशु नक्षत्र, । व्याघात योग । चन्द्र राशि मिथुन । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१४
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष : कामको चाप बढ्नेछ। दैनिक कामले खानपानमासमेत समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। साथीसँगको सम्बन्धमा समस्या हुने देखिन्छ।
वृष : हर्ष बढ्नेछ। सामान्य श्रमबाट उन्नति हुने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परोपकारका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।
मिथुन : समय अनुकुल छ। साथीले गलत बाटो छोड्न दबाब दिनेछन्। मनमा परोपकारको भावना जागृत हुनेछन्। आज बनाएको योजनाले दीर्घकालसम्म काम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्नेछ।
कर्कट : मन उदास हुनेछ। अशान्ति बढ्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानी र श्रमका क्षेत्रमध्य स्वास्थ्यमा फाइदा हुनेछ। खर्च बढ्ने योग छ। भएको सम्पत्ति संरक्षण गर्दै दैनिकी चलाउनु राम्रो हुनेछ।
सिंह : लामो समय रोकिएका काम बन्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा भएको श्रमबाट नाफा हुनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : भौतिक सम्पत्ति जुटाउने दिन छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रका साथीले दिएको सुझाव मान्नु उपयुक्त हुन्छ। आफन्तसँग सत्य कुरा नगर्दा मन भारी हुनेछ।
तुला : काममा ढिलासुस्ती हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट मन खुशी हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेटले दैनिकी सहज बन्नेछ। नकारात्मक कुराले मन दुःखी हुनेछ। लगानीको क्षेत्र सबल बन्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्नेछ।
धनु : आज दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक र बौद्धिक गुरुको सुझाव लिने अवसर मिल्नेछ। आमाबाट आर्शिवाद लिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन रमाइलो बन्नेछ।
मकर : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शेयर कारोबारबाट राम्रो आम्दानी हुने दिन छ। परिवारबाट लिएको सल्लाहले दैनिकी सहज बन्नेछ।
कुम्भ : घरभित्रको विवादले सताउने छ। लगानीका क्षेत्रमासमेत विवाद हुनेछ। आज गरेको लगानी श्रममध्ये वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।
मीन : मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। गुरुको सुझावले नयाँ योजना बन्नेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। बल भन्दा बुद्धिले काम बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
















40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया