आइतबार, वैशाख २८, २०८२

सप्तरीमा खानेपानी योजनाबाट २५० जना लाभान्वित

मेरोन्यूज २०८१ असार २२ गते १५:३०

राजविराज (सप्तरी) ।सप्तरीको रुपनी गाउँपालिकामा रुपनी खानेपानी योजना आयोजना सम्पन्न भएको छ । योजनाबाट रुपनी–१ स्थित कर्मचारी टोलका ५० घर परिवार लाभान्वित भएका छन् । रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनीयर रमेश यादवले रु २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले रुपनी खानेपानी योजनाले खानेपानी समस्या समाधान गर्न सहयोग पुगेको बताए। रुपनी खानेपानी योजनाका अध्यक्ष तीर्थबहादुर खड्काले योजनाबाट करिब दुई सय ५० जना लाभान्वित भएको जानकारी दिए।

प्रतिक्रिया