पहिलो टी- २० मा भारतमाथि जिम्बाबेको शानदार जित

काठमाडौँ । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न टी- २० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।
जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनाएको थियो ।
भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाएका थिए । त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै भारतीय ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा जिम्बाबेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३-३ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो । जिम्बाबेका लागि क्लिभ मडान्डेले सर्बाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्बाधिक ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए ।
यो जितपछि ५ खेलको सिरिजमा जिम्बाबे १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया