शुक्रबार, वैशाख १८, २०८३

माधव नेपालहरुको दोकान बन्द भयो- महेश बर्तौला

मेरोन्यूज २०८१ असार २३ गते १३:०९

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् ।

Advertisement
NiccNicc

एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दैहुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो ।’

प्रतिक्रिया