राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

खजुरा (बाँके) । लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् ।
शनिबार जोखिममा रहेका एक सय ३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डुडुवा गाउँपालिका–१ पाझा र चौफेरीका बालबालिका, जेष्ठ नागरिक, महिलाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
वर्षा निरन्तर भइरहेकोले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रजिअ रिजालका अनुसार डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्र्मी तैनाथ गरिएका छन् ।
शनिबार बाँकेको राप्ती नदीले खतराको तह पार गरी राप्ती नदी कुसुमको जलमापन केन्द्रमा पानीको सतह आठ दशमलव १० मिटर मापन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए। उनका अनुसार आज विहान ७ बजे पानीको सतह घटेको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई ‘एसएमएस’मार्फत सतर्क रहन सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया