एक सातादेखि कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

मुगु । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि गाडी र विमानस्थल दुवै नचल्दा रोकिएको बताउछन् । यही असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहेका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाहीको परीक्षा छुट्यो । उनि जस्ता धेरैको परीक्षा छुटेको छ ।
परीक्षा मात्र होइन यातायातका साधन नचल्दा उपचार गर्न जाने बिरामी र प्रदेश तथा सङ्घीय राजधानी जाने कर्मचारी जिल्लामै रोकिनुपरेको छ । दैनिक उपभोग्य र निर्माण सामग्री बोकेका गाडी बीच बाटोमै रोकिएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढा बताए । उनले भने, “वर्षाले अवरुद्ध यातायात सेवा अझै नखुल्ने हो भने बजारमा दैनिक उपभोग्य वस्तु अभाव हुन सक्छ ।”
सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डमा खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोलालगायत १२ स्थानमा पहिरा, बाढी र लेदो आउँदा सडक अवरुद्ध छ । अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले अवरोध पन्छाउन स्काभेटर प्रयोग गरिरहेको जनाएको छ ।
सडक मात्र अवरुद्ध नभइ मौसम सुधार हुननसक्दा हवाई सेवा पनि ठप्प भएको हो । मौसम सुधार नभएकै कारण मुगुको रारा, हुम्लाको सिमिकोट, जुम्लाको जुम्ला र डोल्पाको जुफाल विमानस्थलमा एक सातादेखि जहाजले उडान भर्न नसकेको नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले जानकारी दिए ।
रिजालका अनुसार उडान बन्द भएपछि यात्रु विमानस्थलमै रोकिएका छन् । उपचारका लागि छिटो सहर पुग्नुपर्ने बिरामीहरु सबैभन्दा बढी मारमा परेको स्थानीय कुशलराज मल्लले बताए । लगातारको वर्षाले गाउँगाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने ग्रामीण सडकसमेत् अवरुद्ध छन् ।










काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया