एक सातादेखि कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

मुगु । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिराले अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–११ का नौलासिंग नेपाली अत्यावश्यक कामले सुर्खेत जानुपर्ने भए पनि गाडी र विमानस्थल दुवै नचल्दा रोकिएको बताउछन् । यही असार २२ गते शिक्षक सेवा आयोगको परीक्षा दिन जाने तयारीमा रहेका छायाँनाथ रारा नगरपालिका–१० तल्लेखका स्थानीय मोहन शाहीको परीक्षा छुट्यो । उनि जस्ता धेरैको परीक्षा छुटेको छ ।
परीक्षा मात्र होइन यातायातका साधन नचल्दा उपचार गर्न जाने बिरामी र प्रदेश तथा सङ्घीय राजधानी जाने कर्मचारी जिल्लामै रोकिनुपरेको छ । दैनिक उपभोग्य र निर्माण सामग्री बोकेका गाडी बीच बाटोमै रोकिएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढा बताए । उनले भने, “वर्षाले अवरुद्ध यातायात सेवा अझै नखुल्ने हो भने बजारमा दैनिक उपभोग्य वस्तु अभाव हुन सक्छ ।”
सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डमा खोला, एसमोड, झाम्ला खोला, दही खोला, हुल्म र दैलेखको पातरखोलालगायत १२ स्थानमा पहिरा, बाढी र लेदो आउँदा सडक अवरुद्ध छ । अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले अवरोध पन्छाउन स्काभेटर प्रयोग गरिरहेको जनाएको छ ।
सडक मात्र अवरुद्ध नभइ मौसम सुधार हुननसक्दा हवाई सेवा पनि ठप्प भएको हो । मौसम सुधार नभएकै कारण मुगुको रारा, हुम्लाको सिमिकोट, जुम्लाको जुम्ला र डोल्पाको जुफाल विमानस्थलमा एक सातादेखि जहाजले उडान भर्न नसकेको नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले जानकारी दिए ।
रिजालका अनुसार उडान बन्द भएपछि यात्रु विमानस्थलमै रोकिएका छन् । उपचारका लागि छिटो सहर पुग्नुपर्ने बिरामीहरु सबैभन्दा बढी मारमा परेको स्थानीय कुशलराज मल्लले बताए । लगातारको वर्षाले गाउँगाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने ग्रामीण सडकसमेत् अवरुद्ध छन् ।
















महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
प्रतिक्रिया