अवैध रुपमा बेचविखन गर्न खोजिएको आखेटोपहार सहित ३ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छालाजस्तो देखिने (आखेटोपहार) सहित ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मि जिल्लाको साविक जुभुङग गाविस-८ बस्ने ३२ वर्षीय सिव पल्टि र रामेछापको दोरम्बा गाउँपालिका-२ बस्ने २२ वर्षीय पासाङ टासी तामाङ रहेका छन् ।
उनिहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ झुलपाखाबाट आईतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गंगा पन्तले बताए ।
वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालन गरिएको टोलीले संरक्षित वन्यजन्तु अखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचविखन गर्न लागेको भन्ने विशेष सुचनाका आधारमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता पन्तले बताए ।
पक्राउ परेका उनिहरुलाई आवस्यक कानुनी कारबाहीका लागि डिविजन बन कार्यलय हात्तीसार पठाईएको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया