अवैध रुपमा बेचविखन गर्न खोजिएको आखेटोपहार सहित ३ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छालाजस्तो देखिने (आखेटोपहार) सहित ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मि जिल्लाको साविक जुभुङग गाविस-८ बस्ने ३२ वर्षीय सिव पल्टि र रामेछापको दोरम्बा गाउँपालिका-२ बस्ने २२ वर्षीय पासाङ टासी तामाङ रहेका छन् ।
उनिहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ झुलपाखाबाट आईतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गंगा पन्तले बताए ।
वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालन गरिएको टोलीले संरक्षित वन्यजन्तु अखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचविखन गर्न लागेको भन्ने विशेष सुचनाका आधारमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता पन्तले बताए ।
पक्राउ परेका उनिहरुलाई आवस्यक कानुनी कारबाहीका लागि डिविजन बन कार्यलय हात्तीसार पठाईएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया