जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक
मेरोन्यूज
२०८१ असार २४ गते १७:११

काठमाडौँ । सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् ।
श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षक बनाएको जानकारी दिएको हो ।
श्रीलंका क्रिकेट टिमको टी-२० विश्वकपमा खराब प्रदर्शनपछि तत्कालिन प्रशिक्षक क्रिस सिल्भरवूडले राजीनामा दिएपछि प्रशिक्षक पद खालि थियो ।
अब जयसूर्याले भारतविरुद्धको घरेलु सिरिज र सेप्टेम्बरमा हुने ईङल्याण्ड टूरसम्मका लागि प्रशिक्षकको भूमिका निभाउने बोर्डले जानकारी दिएको छ ।
जयसूर्या श्रीलंकाका सफल क्रिकेटर मध्ये एक हुन् । उनले एकदिवसीय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् भने ३२३ विकेट समेत लिएका छन् ।
सम्बन्धित












युके पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
मन्त्रिपरिषद् : जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने
न्यूयोर्क राज्य सभाका लागि सोमनाथ घिमिरेले गरे उम्मेदवारी घोषणा
वीरगञ्जमा निषेधाज्ञा जारी
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया