ई-स्पोर्टस पदक विजेता पुरस्कृत

काठमाडौँ । ई-स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई आज पुरस्कृत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिता सुर्खेतमा यही असार १४ र १५ गते भएको थियो ।
प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले रु. ६० हजार, कोड रेडले रु. ४० हजार, सिक्सटी नाइन गेमिङले रु. ३० हजार, वीरे नुनले रु. २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान रु. १५/१५ हजार प्राप्त गरे । त्यस्तै, मिडनाइट ह्याभक रु. २० हजार र गुड नाइटले समान रु १०-१० हजार नगद पुरस्कार पाए ।
यसैगरी, ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले रु. ४० हजार, दोस्रो भएका सन्देश ओझाले रु. ३० हजार, तेस्रो भएका रोशन शर्माले रु. २० हजार तथा चौथो भएका निखिल हमालले रु. १० हजार नगद पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्टस सङ्घलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई-स्पोर्टसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।
सदस्य सचिव घिसिङले ई-स्पोर्टस समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यही अनुरुप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
राखेपका सदस्यसमेत रहेका ई-स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिँदै वार्षिक पात्रो नै तयारी गरी सङ्घ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया