युक्रेनमा रुसी आक्रमणमा ३१ जनाको मृत्यु

काठमाडौँ । युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ । यी १७ मृत्यु मध्ये, दुई बाल अस्पतालमा भएको थियो । निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।
ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ । आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो । बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन् । जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । जेलेन्स्कीले किभ र स्लोभियान्स्क लगायतका शहरहरूमा ४० वटा छुट्टाछुट्टै मिसाइल हमला भएको बताए।
यी आक्रमणमा आवासीय भवन, भवन र बाल अस्पतालमा क्षति पुगेको छ। धुवाँको बादल कीभ शहर भर देख्न सकिन्छ।
जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टमा मानिसहरू अस्पतालको भग्नावशेषमा फसेको जानकारी दिदै चिकित्सक, नर्स र सर्वसाधारणले पनि भग्नावशेष हटाउने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया