कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्दै

काठमाडौं । जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुँदै छ ।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुदै छ । यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुँदै छ ।
पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
क्यानडा समुह चरणमा अर्जेन्टिनासंग एकै समुहमा रहेको छ । समुह चरणको खेलमा क्यानडा अर्जेन्टिनासँग २-० गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
अर्जेन्टिना ३७औं पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिना सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५-१५ पटक कोपाको उपाधि जितेका छन् ।
अर्जेन्टिना र क्यानडाबीच अहिलेसम्म केवल दुई खेल मात्र भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया