युरोकपको सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै

काठमाडौँ । युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शरू हुदै छ ।
नेदरल्याण्डसले क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।
त्यस्तै इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।
नेदरल्याण्डस र ईङल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा ईङल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्डसले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
जारी युरोकपमा दुवै देशको प्रदर्शन समान किसिमकै देखिन्छ ।
स्टार खेलाडीहरुले भरपुर दुवै टिमको प्रदर्शन भने खेलाडी अनुसारको देखिएको छैन । ईङल्याण्डका लागि फिल फोडेन र ह्यारी केन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने नेदरल्याण्डसका लागि कोडी गाक्पो र भिगिल भानडाइक जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया