कोपा सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बिया भिड्दै

काठमाडौँ । जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बियाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५: ४५ बजेदेखि शुरु हुदै छ ।
उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । त्यस्तै कोलम्बियाले क्वाटरफाइनलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
उरुग्वेले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेर सबैभन्दा बढी पटक उपाधि जित्नेमा अर्जेन्टिनासँगै शिर्ष स्थानमा रहेको छ । उरुग्वे ६ पटक उपविजेता बनेको छ भने ९ पटक तेस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै कोलम्बियाले भने अहिलेसम्म एक पटक मात्र कोपाको उपाधि जितेको छ । त्यस्तै कोलम्बिया एक पटक उपविजेता बनेको छ भने ५ पटक उपविजेता बनेको छ ।
उरुग्वे र कोलोम्बियाबीच अहिलेसम्म ४५ पटक खेल भएको छ । जसमा उरुग्वेले २० खेल जितेको छ भने कोलोम्बियाले १४ खेल जितेको छ । त्यस्तै ११ खेल बराबरी भएका छन् ।
जारी कोपा अमेरिका उरुग्वे र कोलोम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उरुग्वेले ब्राजिल जस्तो उपाधि दाबेदार मानिएको टिमलाई पराजति गर्दै सेमिफाइनलमा पुगेको छ भने कोलोम्बियाले पनि अहिलेसम्म शानदार प्रदर्शन गरिरहेको छ ।
दुवैको अहिलेसम्मको प्रदर्शन हेर्दा यो खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।










समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया