भोलि लिने विश्वासको मत दिन प्रचण्डको साथमा कुन – कुन दल छन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (भोलि) विश्वासको मत लिँदै छन् । प्रचण्डसँग सत्ता सहकार्यमा रहेका दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा छ ।
असार १७ गते मध्यरातमा कांग्रेस–एमाले समीकरण बनाउने र सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सो पश्चात् असार १९ मा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
एमाले संसद्को दोस्रो ठूलो दल हो भने कांग्रेस पहिलो दल हो । सोही कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेस–एमालेले निर्णय नै गरिसकेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार सदन बैठकमा अनिवार्य उपस्थित भएर प्रचण्डको विरुद्ध विश्वासको मत हाल्न ह्वीप जारी गरेका हुन् ।
यस्तै, नेकपा एमालेले पनि विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पार्न सांसदहरूलाई निर्देशन नै दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई मत नदिने निर्णयमा जनमत पार्टी पनि पुगेको छ । मधेस सरकारमा कांग्रेस–एमाले सहयोग पाएको जनमतले केन्द्रमा पनि सोही गठबन्धनलाई निरन्तरता दिने तयारीमा छ ।
उपेन्द्र यादवबाट फुटेर बनेको दल जनता समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रचण्डलाई विश्वासको मत दिन तयार छैन ।
नागरिक उन्मुक्ति पार्टीमा रञ्जीता श्रेष्ठबाहेक अन्य तीन सांसद प्रचण्डलाई विश्वासको मत दिन तयार छैनन् । उनीहरूले श्रेष्ठलाई दलको नेताबाट हटाइसकेका छन् भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको निर्णय गरेका छन् ।
साना दल र स्वतन्त्र सांसदहरूले भने मुख खोलेका छैनन् ।
राप्रपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने तयारी गरेको छैन । यसका लागि निर्णय गर्न पार्टी संसदीय दलको बैठक बस्दै छ ।
यता, प्रधानमन्त्री प्रचण्डलाई उनकै दल माओवादी केन्द्रबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वासको मत दिने तयारी गरेको छ । औपचारिक रूपमा निर्णय गर्न शुक्रबार बिहान ९ बजे दलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिने तयारीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि छ ।
समाजवादीको बैठक अहिले बसिरहेको छ । नेताहरूले सार्वजनिक रूपमा नयाँ गठबन्धन स्वीकार्न नसकिने टिप्पणी गर्दै आएका छन् ।
उपेन्द्र यादवको जनता समाजवादी पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारको पक्षमा उभिने तयारी गरेको छ ।
संसदीय राजनीतिका दुई ठूला र पूराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्ने सहमतिमा पुगेपछि प्रचण्डको सरकार अल्पमतमा परेको हो ।

















काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया