२ पार्टीबीचको सहमतिमा आशङ्का छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आश¬ङ्का व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाए । “संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्वीकार्न तयार छैन”, उनले भने, “हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो?”
प्रधानमन्त्री दाहालललाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उनले राजनीतिक इमान छाडेर नेकपा (एमाले) सरकार परिवर्तनमा लागेको आरोप लगाए। गृहमन्त्री लामिछानेले दुई ठूला दल एकठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।उनले देशमा प्राकृतिक विपक्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राखे ।
उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफनो जिम्मेवारीमा डटेर लागिपरेका बताए । उनले सहकारी रकम दरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणीत गर्नसक्ने आशङ्का व्यक्त गरे ।
“भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो । मलाई मलाई ठग प्रमाणीत गर्न आपत पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानैपर्छ, सुरुआत मबाट गर्नुहोस । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन”, उनले भने ।
सभापति लामिछानेले रास्वपाले प्रतिपक्षका रूपमा सुशासन र समुन्नतिका विषयमा नयाँ सरकारले चाल्ने कदममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
















अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया