एण्डरसनको बिदाई खेलमा इङल्याण्ड विजयी

काठमाडौँ । ईङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा ईङल्याण्डले एक इनिंग र ११४ रनले जित हासिल गरेको छ ।
यस टेस्टमा वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १२१ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा ३७१ रन बनाएको थियो । टेस्टको तेस्रो दिन आज वेस्ट इन्डिज आफ्नो दोस्रो इनिंगमा १३६ रन मात्र बनाएर अल आउट भएपछि ईङल्याण्ड एक इनिंग र ११४ रनले विजयी भएको हो ।
यो खेलमा खेलेसँगै ईङल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अल बिदा गरेका छन् ।
४१ बर्षिय एण्डरसनले यस टेस्टको पहिलो इनिंगमा एक र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए । उनले ईङल्याण्डक लागि कुल १८७ टेस्ट खेल्दै ७०४ विकेट लिएका छन् । उनी टेस्ट क्रिकेटको इतिहासमा सर्बाधिक विकेट लिने तिब्र गतिका बलर हुन् ।
यस टेस्टमा डेभ्यु गरेका ईङल्याण्डका बलर गस एटकिन्सनले पहिलो इनिंगमा ७ र दोस्रो इनिंगमा ५ गरि कुल १२ विकेट र खेलको प्लेयर अफ द म्याच बनेका छन् ।












पुस २४ गते बिहिवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया