मानव बेचविखनमा दोषी पाँचजनालाई जेल सजाय

मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।
दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।
फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ का ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बू जिल्ला नेचा सल्यान गाउँ पालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए।
अदालतले त्रिपुरासुन्दरी –१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५÷१५ वर्ष कैद र एक÷एक लाख जरिवाना गर्ने फैसला गरेको छ । मानव बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको विसं २०७९ पुस २० गते भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नं. २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो ।
मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी विसं २०७९ मङ्सिर १५ गतेदेखि घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो । बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनि बालिकालाई प्रलोभन देखाएर भारत पु¥याएको अनुसन्धानबाट खुलेको छ ।
मामाघरमा बस्दै आएकी बालिकालाई भारत पु¥याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अभियुक्तहरुले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाएको जनाइएको छ ।
किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा बालिकाको उद्धार गरी स्वदेश ल्याइएको थियो । किशोरीलाई दिल्ली पु¥याएपछि घटनामा संलग्न पाँच जना एक महिना अघि नै नेपाल फर्केका थिए भने एक जना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक–फरक तीन जना तान्त्रिक बाबासमक्ष भेटाउँदै आएकाे बताइएको छ ।


















विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया