प्रधानमन्त्रीमा ओलीको नियुक्ति आज कि भोलि ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी गरेसँगै शुक्रबार रातिनै प्रधानमन्त्री नियुक्त गर्ने चर्चा थियो ।
तर शुक्रबार राति ओलीको नियुक्ति र सपथग्रहण हुन सकेन । यससँगै शनिबार नियुक्त हुने आकलन गरिएको थियो । तर राष्ट्रपति कार्यालय स्रोतका अनुसार ओलिको नियुक्ति आइतबारमात्रै हुनेछ । आइतबारपनि साँझ पाँच बजेपछिमात्रै नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । नयाँ सरकार गठनका लागि आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति र सपथपनि सोही समयपछि मात्रै गर्ने तयारी गरिएको छ ।
नियुक्ति दिउँसाे गरेर सपथ पाँचबजेपछिमात्रै गर्ने कि नियुक्ति पनि पाँच बजेपछि गर्नेभन्नेबारे राष्ट्रपति आन्तरिक छलफलमा छन् । त्यतिन्जेल कामचलाउ सरकारकाे जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाईनै राष्ट्रपतिले ताेकेका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् ।
३ वर्षअघि सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका अोली सत्ताराेहण गर्दैछन् । प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् ।
















मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया