रौतहटको राष्ट्रिय वनमा धमाधम पक्की संरचना बन्दै,मौन वन कर्मचारी

रौतहट । राष्ट्रिय वन क्षेत्रमै धमाधम पक्की संरचनाभन्दा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यानाकर्षण हुनसकेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको बागमती, पौराही स्थित ब्रह्मस्थान जाने बाटो र चन्द्रनिगाहपुरबाट जुडिबेला जाने बाटोको राष्ट्रिय वन क्षेत्रमा शौचालयको नाममा धमाधम पक्की संरचना भन्दा समेत डिभिजन वन कार्यालयले कुनै चासो नलिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
जङ्गल क्षेत्रमा पक्की शौचालय बनाउनका लागि कहाँबाट बजेट आयो भन्ने कुरा समेत सर्वसाधारणले थाहा पाउन सकेका छैनन् ।
राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले आफूले सो विषयमा बुझ्ने बताएका छन् ।
स्थानीयका अनुसार डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन कार्यालयका प्रमुख अनिल महतोकै मिलो मलेमतो राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
राष्ट्रिय वन क्षेत्रमै पक्की संरचना बनाउँदा समेत डिभिजन वन कार्यालयले त्यसलाई रोक्ने तर्फ ध्यान नदिएका कारण शौचालय बनाउने उपभोक्ता समितिले शौचालयको आधा काम पनि नगरी भुक्तानी लिइसकेको स्थानीयको दाबी छ ।
चन्द्रनिगाहपुर , पौराही र बागमतीमा बनेको शौचालयको उपभोक्ता समिति एउटै रहेको छ ।
शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश पण्डितले सो शौचालय निर्माणको बजेट प्रदेश सरकारको भएपनि कुन मन्त्रालय मार्फतको बजेट हो भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् । स्थानीयले भने चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बजेट ल्याएर उपभोक्ता समिति बनाएर काम गरिरहेको बताएका छन् । सो विषयमा बुझ्नका लागि वडा अध्यक्ष राउतलाई पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन । सर्वसाधारणले छिसरिक्क काँचो दाउरा ल्याउँदा मुद्दा चलाउने डिभिजन वन कार्यालयले आफ्नै कार्यालय अगाडि राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनाउँदा समेत कानमा तेल हालेर बस्नु गम्भीर विषय भएको स्थानीय बासिन्दाको बुझाइ रहेको छ । पौराइमा रहेको सबडिभिजन वन कार्यालयको छेउमा र चुडीबेला स्थित सबडिभिजन कार्यालयकै अगाडि राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनाइरहँदा समेत सहायक वन अधिकृत अनिल महत्वले देखेको नदेखे झैँ गर्नुले समेत वन कर्मचारीकै मिलोमतोमा राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको सर्वसाधारणको बुझाइ रहेको छ ।
सो विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले समाचार नलेखिदिन र आफूले काम रोक्नका लागि पत्र काटेको भए पनि उपभोक्ता समिति र जनप्रतिनिधिले अटेर गरेको जानकारी दिए ।
रौतहटको राष्ट्रिय वन क्षेत्रमा विभिन्न बहानामा पक्की संरचना बनाउँदै जाने र वन मासेर खेतीयोग्य जमिन बनाउने क्रम बढ्दै गएको भएपनि डिभिजन वन कार्यालय रौतहटले त्यसतर्फ खासै चासो नदिँदा रौतहटको राष्ट्रिय वन दिन प्रतिदिन मासिँदै जान थालेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया