शनिबार, चैत ७, २०८२

रुकुमपश्चिममा सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

मेरोन्यूज २०८१ असार ३० गते १३:२९

त्रिवेणी (रुकुमपश्चिम) । यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताए। बिरुवा तथा अन्य सामग्री खरिदमा रु २० लाख खर्र्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया