गहुँ बोकेको ट्रकमा जुत्ताचप्पल तस्करी

काठमाडौँ। गहुँभित्र लुकाएर तस्करी गर्न लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ।
सर्लाहीको इश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा २ हजार १ सय किलो गहुँको नक्कली भिसीटियस विल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ झासपट्टिबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना. ६ ख ६६६५ नम्बरको ट्रकलाई आइतबार बिहान ३ बजे सप्तरीको कडरवानास्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कडरवानाले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सामानमध्ये सिरहाबाट लोड गरिएको गहुँको सर्लाहीबाट भिसीटियस विल बनाइएको तर जुत्ताचप्पलको कुनै प्रकारको बिलसमेत फेला परेको छैन।
नियन्त्रणमा लिइएको ट्रक, सामान र ट्रकका चालकसहितलाई आवश्यक कारबाहीको लागि ५० लाख ६७ हजार ९ सय ९० रुपैयाँ कायम गरी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।











राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया