गहुँ बोकेको ट्रकमा जुत्ताचप्पल तस्करी

काठमाडौँ। गहुँभित्र लुकाएर तस्करी गर्न लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ।
सर्लाहीको इश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा २ हजार १ सय किलो गहुँको नक्कली भिसीटियस विल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ झासपट्टिबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना. ६ ख ६६६५ नम्बरको ट्रकलाई आइतबार बिहान ३ बजे सप्तरीको कडरवानास्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कडरवानाले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सामानमध्ये सिरहाबाट लोड गरिएको गहुँको सर्लाहीबाट भिसीटियस विल बनाइएको तर जुत्ताचप्पलको कुनै प्रकारको बिलसमेत फेला परेको छैन।
नियन्त्रणमा लिइएको ट्रक, सामान र ट्रकका चालकसहितलाई आवश्यक कारबाहीको लागि ५० लाख ६७ हजार ९ सय ९० रुपैयाँ कायम गरी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया