जसपाद्वारा बाढीपहिराबाट भएको क्षतिप्रति दुःख व्यक्त
मेरोन्यूज
२०८१ असार ३० गते १६:२५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरेका छन् । साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भ्रातृ सङ्गठनलाई आग्रह पनि गरेका छन् ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया