काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएका छन् । काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी गराएका छन् ।
‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो,’ मेयर बालेनले भनेका छन् ।
यसअघि उनले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन् ।
बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको,’ मेयर बालेनले सामाजिब सञ्जालमार्फत भनेका छन् । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार-स्वरोजगार भएको पनि मेयरल बालेनको दाबी छ ।
















७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया