खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।
यहाँस्थित फ्रान्सेली राजदूतावासका कार्यवाहक राजदूत जाँ बाप्टिस्टी लेसिकले आयोजना गर्नुभएको उक्त समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जुडो खेलाडी मनिता प्रधान, ब्याडम्निटनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ओलम्पिक कमिटीका पदाधिकारी सहभागी थिए ।
प्रतियोगितामा अलेक्जेन्डर जी शाह र डुआना लामा तथा टेबलटेनिसमा सन्तु श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् । कारणवश उहाँहरु समारोहमा सरिक अनुपस्थितभएका यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।
कार्यवाहक राजदूतले नेपाली खेलाडीको सफलताको कामना गर्दै प्रतियोगितामा नेपालको प्रतिनिधित्व आफैँमा गौरवको विषय भएको बताए ।
अध्यक्ष श्रेष्ठले खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल नेपाललाई प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । एक सय वर्षअघि पेरिसमा नै गृष्मकालीन ओलम्पिक खेल भएकाले एक शताब्दीपछि सोही स्थानमा आयोजित यो प्रतियोगिताको ऐतिहासिक महत्व छ ।













पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया