झापाबाट ९ जना जुवाडे पक्राउ

झापा । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा गौरादह– २ का ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह– ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका–३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका–७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन् ।
पक्राउ परेका उनीहरुको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।









झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया