के तपाइको अनुहारमा चाउरीपना छ ? हटाउन यस्तो सजिलाे उपाए अपनाउनुहाेस्

उमेर ढल्कदै गएपछि मानिसको अनुहारमा चाउरीपनाको समस्या देखिन थाल्छ । चाउरीपना हटाउन हामीले बजारमा पाउने विभिन्न प्रोडक्टहरु प्रयोग गर्ने गर्छौं ।
तर, हामी सबैलाई कुन क्रिमले राम्रो गर्छ र कसरी प्रयोग गर्छ भन्ने कुरा आफ्नो स्किनको जाँच गरेपछि मात्रै लगाउनु पर्ने हुन्छ । यसबाहेक घरमै पाइने घरेलु वस्तुहरुको राम्ररी प्रयोग गर्न जानेमा हामीले घरमा नै बसी-बसी चाउरीपना हटाउन सक्दछौ ।
यस्तो छ घरमै चाउरीपना हटाउने विधि:
१. एक मुठी आलसलाई राति काँचो दूधमा भिजाउने र भोलिपल्ट विहान पिसेर अनुहारमा सफा पानीले पूछेर १० देखि १५ मिनेटको लागि लगउनाले अनुहारको चाउरीपना हट्न गइ अनुहार चम्किलो र उज्यालो देखिन्छ ।
२. आदि चम्चा महलाई सानो आँचमा पकाउने र त्यसमा पाकेको केरा एक चौथाइ मिसाइ राम्ररी मल्ने र तीन /चार थोपा बदामको तेल मिसाइ अनुहार साथसाथै आँखाको चारैतिर वरिपरि १५ देखि २०मिनेटको लागि लगाउने र भिजेको पफले विस्तारै सफासँग पुस्ने ।
३. यसरी १दिन विराएर लेप लगाउनाले अनुहारमा चमक आउनुको साथै दागहरु हटाइ चाउरीपना विस्तारै खत्म हुन्छ र यसले आँखा वरिपरिको पइन लाइन र डार्क सर्कल पनि घाटउँछ ।
४. मौसमी या सुन्तलाको बोक्रालाई बदामसँग पिसि दूधको मलाईसँग मिसाएर अनुहारमा प्याकको रुपमा लगाउनाले अनुहारको चाउरीपना कम भइ चमक आँउदछ ।
५. बोक्रा वाला मसुरोको दाल र मासको दाललाई राति पानिमा भिजाएर बिहान थोरै बेसार मिसाइ पिसेर १० देखि १५ मिनेटको लागि प्याकको रुपमा अनुहारमा लगाउनाले अनुहारमा छुटै चमक आइ छाला कमलो र आर्कषित देखिन्छ ।
६. यसको साथै यस प्याकले चाँया पोतो लगायत अनुहारमा भएका अरु दाग धब्बाहरु पनि हटाउँदछ ।
७. अनुहारमा समयभन्दा अगाडी चाउरीपना आएमा बदामको र नरीवलको तेल मिसाएर राति-राति मुख धोएर सधै मालिस गरेमा केहि हदसम्म यो समस्या कम हुन जान्छ ।
८. अण्डाको पहेलो, एक चम्चा बदामको तेल र केहि थोपा गुलाब जललाई मिलाएर मिश्रण बनाइ अनुहारमा ३० मिनेटको लागि लगाउने र मनतातो पानीले सफासँग धुने । यो विधिले छालामा प्राकृतिक चमक ल्याई चाउरीपन हटाउँन मद्धत मिल्दछ।
–एजेन्सीको सहयोगमा
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया