केएल राहुल र अथिया शेट्टीले किने २० करोडको अपार्टमेन्ट
मेरोन्यूज
२०८१ साउन ४ गते १९:०९

काठमाडौं । भारतीय क्रिकेटर केएल राहुल र आथिया शेट्टीले मुम्बईमा एउटा लक्जरी अपार्टमेन्ट किनेका छन्।
इकोनोमिक टाइम्सका अनुसार यो अपार्टमेन्ट मुम्बईको पोश क्षेत्र पाली हिलमा रहेको एउटा अग्लो भवन सन्धु प्यालेसमा छ। यस अपार्टमेन्टको कार्पेट एरिया ३३५० स्क्वायर फिट छ जसको मूल्य २० करोड रुपैयाँ भारु रहेको छ ।
अथिया र राहुलले जुलाई १५ मा यस अपार्टमेन्टको लागि १.२० करोड रुपैयाँ स्ट्याम्प शुल्क र ३०,००० रुपैयाँ दर्ता शुल्क तिरेका छन्।
पाली हिल बान्द्रा मुम्बईको पोश क्षेत्रहरू मध्ये एक हो जहाँ धेरै बलिउड सेलिब्रेटीहरू बस्छन्। यहाँ शाहरुख खान, सलमान खान, टाइगर श्राफ, रणवीर कपूर, आलिया भट्ट, सैफ अली खान, करिना कपुर, आमिर खान लगायत घर छ ।
सम्बन्धित















राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया