जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
मेरोन्यूज
२०८१ साउन ४ गते १९:२५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ ।
पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए ।
“जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ”, उनले भने।
प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित













टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवको क्षण : राष्ट्रपति
९ बुँदे सहमतिसहित थारु अभियन्ता रास्वपामा समाहित
हत्यामा संलग्न चार युवा पक्राउ
मुगुमा जिप दुर्घटना हुँदा नेपाली सेनाका अमलदारको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया