शनिबार, पुष १९, २०८२

महिला एसिया कप : दोस्रो खेलमा नेपालले आइतबार पाकिस्तानको सामना गर्ने

मेरोन्यूज २०८१ साउन ५ गते ६:५९

काठमाडौं ।  एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आइतबार पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुनेछ।

नेपालका लागि पाकिस्तान बलियो प्रतिद्वन्द्वी हो। नेपाल पहिलो जितले उत्साह साथ मैदानमा हुनेछ भने पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

प्रतिक्रिया