लक्ष्यभन्दा कम राजस्व सङ्कलन

गोलबजार। आन्तरिक राजस्व कार्यालय, सिरहाले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व संकलन गरेको छ। कार्यालयले राजस्व संकलनको वार्षिक लक्ष्य रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार पाएको थियो। तर कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व संकलन गरेको छ।
आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट रु एक करोड ९७ लाख ९३ हजार, ब्याजबापत रु एक करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्कबापत रु ८७ करोड चार लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट रु चार लाख आठ हजार, शिक्षा क्षेत्रबाट रु दुई लाख १६ हजार तथा अन्य क्षेत्रबाट रु सात लाख ९० हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिए।
कार्यालयले आव २०७९/८० मा रु एक अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व संकलन गरेको थियो। गत आवमा कार्यालयको रु दुई अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो।
तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व संकलन गरिएको थियो। उनले भने, ‘देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व सङ्कलनमा कमी आएको हो। जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ।’
गत आवमा मूल्य अभिवृद्धिकरबापत रु ४२ करोड ३५ लाख ५८ हजार राजस्व संकलन भएको थियो भने आव २०८०/८१ मा रु ३८ करोड ७१ लाख ९० हजार संकलन भएको छ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार राजस्व संकलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए।
















ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया