शनिबार, पुष १९, २०८२

राप्रपा संसदीय दलको बैठक बस्दै

मेरोन्यूज २०८१ साउन ६ गते ८:२१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने वा नदिने भन्ने आधिकारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

राप्रपाको हिजो बसेको निर्देशक समितिको बैठकले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोही निर्णयलाई आज दलको बैठक औपचारिकता दिने जनाइएको छ ।

प्रतिक्रिया