नेपाल र रुसी टिमबीच पहिलो भलिबल आज
मेरोन्यूज
२०८१ साउन ६ गते ९:४२

काठमाडौं । नेपाल राष्ट्रिय भलिबल टिमले आज रुसको टिमसँग पहिलो मैत्रीपूर्ण भलिबल खेल्दै छ । नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारीस्वरूप रुसको टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
साउन १७ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउनेछन् ।
नेपाल र रुसी टिमबीचको पहिलो खेल आज बेलुका ५ बजे सुरु हुनेछ । नेपालले भोलि नै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टिम
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी र सुमित्रा रेग्मी ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया