नेपाल र रुसी टिमबीच पहिलो भलिबल आज
मेरोन्यूज
२०८१ साउन ६ गते ९:४२

काठमाडौं । नेपाल राष्ट्रिय भलिबल टिमले आज रुसको टिमसँग पहिलो मैत्रीपूर्ण भलिबल खेल्दै छ । नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारीस्वरूप रुसको टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
साउन १७ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउनेछन् ।
नेपाल र रुसी टिमबीचको पहिलो खेल आज बेलुका ५ बजे सुरु हुनेछ । नेपालले भोलि नै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टिम
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी र सुमित्रा रेग्मी ।
सम्बन्धित














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया