२ वटा पासपोर्टमा एउटै फोटो राखेर देशविदेश आवतजावत
मेरोन्यूज
२०७७ चैत २४ गते १८:३९

काठमाडौं । नक्कलि राहदानि (पासपोर्ट) प्रयोग गरेर देश विदेश आवतजावत गर्ने एक सुनसरी जिल्ला दुहवि भलुवा न.पा-४ का ४४ बर्षीय महेन्द्र भण्डारीलाई महानगरीय अपराध महाशाखाले प्रकाउ गरेको छ।
हिमालयन एयरलायन्सबाट नेपाल आएका भण्डारीलाई आफ्नै नाम र ठेगाना उल्लेख गरी बनाएको ०६०७८२७२ नम्बरको पासपोर्टसहित त्रिभुवन विमानस्थलबाट मंगलबार महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनले गोरखा जिल्ला धुवाकोट ३ ठेगाना भएका राजु पौडेल नामको पासपोर्ट नं ३३७३२७७ र ०९२८५१९६ को २ वटा पासपोर्टमा आफ्नो फोटो राखेर नक्कली पासपोर्ट बनाई पटक – पटक बिदेश आवतजावत गर्ने गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाले जनाएको छ।
भण्डारीको साथबाट उक्त नक्कली पासपोर्ट समेत बरामद गरि आबश्यक थप कारवाहीका लागी महानगरिय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया