बिहीबार, चैत ५, २०८२

माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

मेरोन्यूज २०८१ साउन ६ गते १९:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संबिधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले भने- ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।’

यसअघि संसदमा बोल्दै  एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।   
  
 

प्रतिक्रिया