ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो
मेरोन्यूज
२०८१ साउन ६ गते २०:०२

काठमाडौँ। ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याएको छ ।
महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टसहरू मगाएर मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।
उनले भने, ‘विगत ४२ वर्षदेखि यसको पार्टस् नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस् भेटियो र अहिले सञ्चालनमा ल्याइएको छ ।’
दमकलको चक्काहरू कहिले पनि पञ्चड नहुने र सिसाहरू पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए ।
सम्बन्धित
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया