वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पनि इङल्याण्ड विजयी
मेरोन्यूज
२०८१ साउन ७ गते ९:०९

काठमाडौँ । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ ।
इङल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङल्याण्ड २४१ रनले विजयी भएको हो ।
यसअघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा ४२५ रन बनाएको जवाफमा वेस्ट इन्डिज १४३ रनमा अल आउट भएको थियो ।
यस खेलमा इङल्याण्डको पहिलो इनिंगमा १२१ र दोस्रो इनिंगमा ५१ रन बनाएका ओली पोप प्लेयर अफ द म्याच बनेका छन् ।
यस अघि खेलेको पहिलो टेस्ट इङल्याण्डले एक इनिंग र ११४ रनले जितेको थियो ।
यो जितपछि इङल्याण्ड तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल जुलाई २६ मा हुने छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया