ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
ट्रम्पले भनेका छन्, ‘उनी झूट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडिया सहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।’
ट्रम्पले अगाडी भनेका छन्- ‘आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन्। उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौं ।’
८१ बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गरेका छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया