ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो

काठमाडौँ । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठुलो रकम संकलन भएको छ ।
मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।
डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो। यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठुलो चन्दा संकलन भएको बताइएको छ ।
ह्यारिसको क्याम्पेनलाई साना दाताले ठुलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठुलो डोनेसन भएको उल्लेख गरेको छ ।
यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारी बारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया