एक्सेलसिया कलेजबाट संगीत अध्ययनार्थ हुन चाहाने विद्यार्थीहरूको ७ औं वार्षिक अडिसन सम्पन्न

सिड्नी । एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सम्पन्न गरेको छ। अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजका प्रतिनिधि बबी अबा्रहिमले जनाएका छन्।
उपस्थित एक सय बिस जना सहभागी बिध्यार्थीहरू माझँ प्रमुख अथिती अष्ट्रलियन राजदूत फेलिसिटि भोल्कले शुभ कामना व्यक्त गरेकी थिइन अन्य सबै विषयका प्रवर्धन बजारमा भएता पनि संगीतको प्रवर्धन बजारमा पाइदैन। एक्सेलसिया कलेजले विगत सात वर्ष देखि आयोजना गरेको यो अडिसन साँच्चै नै लक्षित विद्यार्थीका लागि उपयुक्त रहेको जानकारी गराए।
सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई उत्साहपूर्वक रूपमा प्रवर्द्धन गरेको छ । विभिन्न प्रतिष्ठित सांगीतिक कार्यक्रममार्फत लगातार प्रतिभावान व्यक्ति जन्माएको छ ।
कलेजको मिसन नै प्यासनलाई पेशामा बदल्नू हो । कलाकारहरूलाई आफ्नो करियरमा अगाडि बढ्नका लागि कौशलता प्रदान गर्ने हो । ७ वर्षयता एक्सेलसिया कलेजमा थुप्रै नेपाली विद्यार्थीले स्नातक उत्तीर्ण गरी सांगीतिक दुनियाँमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।
एडुक्वेस्ट नेपालको सहकार्यमा सम्पन्न भएको ७औं अडिसन अस्ट्रेलियामा संगीतमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरिएको थियो । आजको दिन अथात् जुलाई २२ का दिन ठमेलस्थित पर्पल हेज रक बारमा अडिसन आयोजना भएको हो ।
उक्त अडिसनमा युवा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गदै १५ हजार अस्ट्रेलियन डलरसम्मको छात्रवृत्ति जित्न सफल भएका छन्। । कलेजले स्नातकमा ३ वर्षको १५ हजार र स्नातकोत्तरमा २ वर्षको ६ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति विद्यार्थीलाई प्रदान गरेको थियो ।
प्रस्तुतिका क्रममा सहभागीले गितार, ड्रम, पियानो, बाँसुरीलगायतका वाद्यवादन र भोकलमा समेत प्रतिस्पर्धा गरेका थिए । १८ देखि २३ वर्ष उमेर समूहका विद्यार्थीले उक्त अडिसनमा सहभागी भएका हुन् । जसका लागि १२ कक्षा उत्तीर्ण वा काठमाण्डू विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयबाट संगीतमा डिप्लोमा वा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने थियो ।
१२ कक्षा उत्तीर्ण विद्यार्थीका हकमा भने संगीतको आधारभूत ज्ञान भएको हुनुपर्ने थियो। त्यसैगरी ब्यान्डको प्रस्तुतिका हकमा भने एकल सहभागिता मानिने मापदण्ड रहेको थियो । व्यक्तिगत प्रस्तुकर्ताले भने छुट्टै मूल्यांकनमा सहभागी भएका थिए ।
अडिसनको निर्णायकमा एक्सेलसिया कलेजको प्रदर्शन कला विभागका प्रमुख डा. लोट्टे लातुकेफु र .ुद स्याडोज नेपाल र स्वर का लिड भोकलिस्ट स्वप्निल शर्मा रहेका थिए ।
एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि हरेक वर्ष अडिसन आयोजना गरि नेपाली विध्यार्थीहरुलाई अवसर प्रदान गर्ने कलेजका चिफ एडमिशन्स् ग्लोबल इन्गेजमेन्ट एण्ड पार्टनरशिपस् बबी अबा्रहिमले जानकारी गराएका छन्।
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया