काठमाडौँ महानगरमा आजदेखि पोलियो अभियान: घर घरमा पुगेर खुवाइँदै

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ बर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ । नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौँ महानगरको स्वास्थ्य विभागले महानगरबासीलाई आग्रह गरेको छ ।
वातावरणीय निगरानीका क्रममा भएको नमूना संकलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान शुरु गरेको हो । २०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट २०८१ असार २९ गते आएको महानगरले जनाएको छ । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।
यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकासहितको टोली परिचालन हुनेछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।
विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् ।
पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ ।
बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।
पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ ।
















आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया