चम्किलो अनुहार बनाउने टिप्स

आफ्नो अनुहार आकर्षक, स्वस्थ र चिटिक्क पार्न कसलाई मन पर्दैन र ? सुन्दर हुने चाहनामा हामी कति ब्युटी पार्लरहरु चाहार्छौँ । धेरै बजारमा पाउने सौन्दर्य सामानहरु किन्ने र लगाउने गर्छौं ।
तर, ती किनेका ब्युटी प्रोडक्टले हाम्रो अनुहारमा फाइदा नगरिरहेको पनि हुनसक्छ । यसको लागि सुन्दर बनाउने तरिका आफ्नै घरमा पनि हुनसक्छ। मात्र त्यसलाई थाहा पाउनु जरुरी छ । एकै दिनमा सुन्दर देखिने यी उपाय एकपटक प्रयोग गरिहाल्नुस्।
१. चाउरी हटाउन – एक चम्चा महमा कागतीको केही थोपा रस मिलाएर अनुहारमा लगाउनाले चाउरीको समस्या देखिँदैंन । २. अनुहार चम्किलो राख्न – एक चम्चा गुलाबजल र एक चम्चा दूधको मिश्रणमा दुई या तीन थोपा कागतीको रस मिसाएर अनुहारमा लगाउनाले छाला कोमल हुन्छ र चम्किलो पनि देखिन्छ ।
३. मृत छाला हटाउँछ – गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ । यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ ।
४. तैलीय छालाबाट छुट्कारा – एक चम्चा कागतीको रसमा एक चम्चा गुलाबजल र पिँधेको पुदिना मिसाएर एक घण्टा राख्नुहोस् ।त्यसपछि अनुहारमा लगाएर २० मिनेटपछि धुनुहोस् । यसबाट अनुहारको चिपचिप पनि हट्छ ।
५. निखारता ल्याउन – छालामा निखारता ल्याउँनाले थोरै चोकरमा एक चम्चा सुन्तलाको रस, एक चम्चा मह वा गुलाबजल मिसाएर पेष्ट बनाउनुहोस् । यो पेष्टमा अनुहार र गर्धनमा लगाउँनुहोस् । सुकेपछि धुनुहोस् ।
-एजेन्सी
















स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया