कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिएका छन् । सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयको नेतृत्व कांग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताए ।
“ कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहेका छन्,” उनले भने, “केही प्राविधिक कारणले ढिला भएपनि अब एकरदुई दिनपछि कांग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।” सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताए ।
मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिएका थिए । हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफैँले सम्हालेका छन् ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया